२०८३ असार १ सोमवार | Monday, Jun 15 2026

शिक्षक आन्दोलन थप चर्किने संकेत, विद्यालय बन्ददेखि कक्षा १२ को परीक्षा बहिष्कारसम्म

Untitled
Untitled
Untitled

काठमाण्डू, विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ।

महासङ्घको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने र देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कक्षा १२ को परीक्षामा कुनै पनि शिक्षक कर्मचारी सहभागी नहुने र देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय भएको जानकारी दिए।

‘हामीले कक्षा १२ को परीक्षामा कुनै पनि शिक्षक कर्मचारी सहभागी नहुने र देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छौं,’ उनले भने।

कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुँदैछ भने नयाँ शैक्षिक सत्र पनि सुरु भइसकेको छ।

सरकारले भर्ना अभियान घोषणा गरे पनि महासङ्घले विद्यालय बन्दको घोषणा गरेको छ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासङ्घको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन्।

महासङ्घले शैक्षिक हड्तालको घोषणासमेत गरेको छ।

 

Untitled
Untitled
Untitled