२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

दक्षिण कोरियाको निर्वाचनमा विपक्षी गठबन्धनको जीत

Untitled
Untitled
Untitled

एजेन्सी, दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धनले जीत हासिल गरेको छ ।

बुधबार ३०० सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युङ्ग नेतृत्वको डेमोक्रेटिक पार्टी ( डीपी )सहितको गठबन्धनले १७५ सिट जितेको कोरियाका मिडियाहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले जनाएको छ ।

यसैगरी राष्ट्रपति यु सुक येओलको पिपुल पावर पार्टी ( पीपीपी )ले १०९ सिट जितेको छ ।

दक्षिण कोरियामा बुधबार भएको निर्वाचनमा ६७ प्रतिशत भोट खसेको थियो । यो ३२ वर्षयताको सबैभन्दा धेरै हो । बिहीबार बिहान ६ बजेसम्म ९९ प्रतिशत मतगणना भइसकेको छ ।

विपक्षी पार्टीले सबैभन्दा धेरै सिट जिते पनि एकल बहुमत हासिल गर्न भने सकेको छैन ।

Untitled
Untitled
Untitled