२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

पाकिस्तानमा भारी वर्षाका कारण ३६ जनाको मृत्यु, ४१ घाइते

Untitled
Untitled
Untitled

एजेन्सी, पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ( एनडिएमए ) ले फेब्रुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षा र हिमपातमा परी कम्तीमा ३६ जनाको मृत्यु हुनुका साथै ४१ जना घाइते भएको जनाएको छ ।

मृत्यु हुनेमा २१ जना बालबालिका, नौ जना पुरुष र ६ जना महिला रहेको आइतबार राति जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

वर्षाको कारण सबैभन्दा बढी प्रभावित उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा २७ जनाको मृत्यु भएको थियो ।

यसैगरी, दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने पाकिस्तान अधिनस्थ कास्मिरमा चार जनाको मृत्यु भएको थियो ।

भारी वर्षाले ४६९ घरहरूमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ भने अनुमानित ६१ गाईवस्तुहरू मरेको प्रतिवेदनले जनाएको छ ।

Untitled
Untitled
Untitled