२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

इराकमा बिहे भोज समारोहमा आगलागी, दुलहा दुलहीसहित एक सय जनाको मृत्यु, सयौं घाइते

Untitled
Untitled
Untitled

एजेन्सी, उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । अन्य १ सय ५० जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागिमा दुलहा र दुलहीसमेत मृत्यु भएको छ। भोज सुरु भएर सयौँ मानिसले उत्सव मनाउन थालेका बेला आगलागि सुरु भएको थियो ।

इराकको उत्तरी निनेवेह प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार साँझ पौने ८ बजे आगलागी भएको हो ।

आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । तर प्रारम्भिक रिपोर्टहरूले आतिशबाजी गरेपछि आगलागी भएको बताइएको छ।

इराकी समाचार एजेन्सी नीनाले पोस्ट गरेको तस्बिरले अग्नि नियन्त्रकहरूले आगो निभिरहेको देखाएको छ ।

सामाजिक सञ्जालमा स्थानीय पत्रकारहरूका तस्बिरहरूले कार्यक्रम हलको जलेको अवशेष देखाएका छन्।

“अत्यधिक ज्वलनशील, कम लागतको निर्माण सामग्रीको प्रयोगको कारण आगोले हलका केही भागहरू ध्वस्त पारेको थियो जुन आगो लाग्दा केही मिनेटमै भत्किन्छ,” आगो नियन्त्रण निर्देशनालयका एक अधिकारीले भने।

इराकका प्रधानमन्त्रीले अधिकारीहरूलाई दुर्भाग्यपूर्ण घटनाबाट प्रभावितहरूलाई राहत उपलब्ध गराउन सबै प्रयासहरू परिचालन गर्न आग्रह गरेका छन् ।

 

Untitled
Untitled
Untitled