२०८३ जेठ ३० शनिवार | Saturday, Jun 13 2026

ट्रम्प सहभागी एक डिनर कार्यक्रममा चल्यो गोली

Untitled
Untitled
Untitled

एजेन्सी, शनिबार वासिङ्टन डीसीस्थित हिल्टन होटलमा आयोजित ‘व्हाइट हाउस संवाददाता संघ’ लको डिनर कार्यक्रममा एक संदिग्ध बन्दुकधारी देखिएको खबर आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सीक्रेट सर्भिसले तत्काल मञ्चबाट सुरक्षित स्थानतर्फ लगेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले राष्ट्रपति ट्रम्प र उनका मन्त्रिपरिषद्का सदस्यहरू सुरक्षित रहेको जनाएका छन्। बन्दुकधारीले सहभागी हलभन्दा बाहिर गोली चलाएको दाबी गरिएको छ।

उक्त संवाददाता कार्यक्रम केही बेरमा शुरु हुने जनाइएको छ। एक वरिष्ठ प्रशासनिक अधिकारीका अनुसार राष्ट्रपति ट्रम्प अहिले सुरक्षित स्थानमा छन् र उनले पुनः डिनर कार्यक्रममा फर्किने इच्छा व्यक्त गरेका छन्।

राष्ट्रपति ट्रम्पलाई मञ्चबाट हतारमा हटाइएको यो सुरक्षाको घटना त्यही होटलमा भएको हो, जहाँ आजभन्दा ४० वर्षअघि अर्का अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाइ गोली हानिएको थियो।

सन् १९८१ मार्च ३० मा जोहन हिनक्ली जुनियरले वासिङ्टन हिल्टन होटलबाट बाहिरिँदै गरेका राष्ट्रपति रेगनमाथि गोली चलाएका थिए।

उक्त आक्रमणमा उनको फोक्सोमा गम्भीर चोट लागेको थियो र अत्यधिक आन्तरिक रक्तस्राव भएको थियो।

घटनास्थलमा रहेका पत्रकारहरूको विवरणअनुसार, अमेरिकी सीक्रेट सर्भिसका केही एजेन्टहरूले ‘गोली चल्यो!’ भन्दै चिच्याएका थिए।

त्यसपछि एक एजेन्टले रेडियोमार्फत संदिग्ध आक्रमणकारी पक्राउ परिसकेको जानकारी दिएका थिए।

अमेरिकी अधिवक्ता जनानी पिरोले ‘गोली चलेको आवाज’ सुनेपछि डिनर हलबाट बाहिर निकालिएको बताएकी छन्।

उनका अनुसार अहिले होटलको सुरक्षा जिम्मा सीक्रेट सर्भिसले लिएको छ।

साथै वासिङ्टन डीसीकी मेयर मुरियल बउसर र महानगरीय प्रहरी विभागका कार्यवाहक प्रमुख जेफ्री कार्लो पनि पनि घटनास्थलको निरीक्षण गरेका छन्।

Untitled
Untitled
Untitled