२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

एमालेनिकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

Untitled
Untitled
Untitled

काठमाडौं, नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।

२३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत काठमाडौंमा गए राति भएको निर्वाचनबाट बडाल अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

बडालले ९ सय ६२ मत पाएर भने अर्का प्रतिष्पर्धी आरसी लामिछानेले ३ सय ५६ मत र मोती विकले ७८ मत पाए ।

त्यस्तै महासचिवमा नरेश रोकाया विजयी भएका छन् । उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।

सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

Untitled
Untitled
Untitled