२०८१ असार ३१ सोमवार | Monday, Jul 15 2024

राष्ट्रियसभा उपनिर्वाचनका लागि आज मतदान, तीन उम्मेदवार प्रतिस्पर्धामा

Nabil Bank
बुटवल, राष्ट्रियसभामा रिक्त एक सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त पदका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान हुन लागेको हो । निर्वाचन आयोगले मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय निर्धारण गरेको छ । उपनिर्वाचनमा तीनजना उम्मेदवार प्रतिस्पर्धामा छन् । सत्तारुढ दल नेकपा एमालेबाट कुमार दसौदी, नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय र नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्य उम्मेदवार छन् । एमालेका उम्मेदवार दसौदीलाई नागरिक उन्मुक्तिबाहेक सत्तारुढ दलको समर्थन छ । तात्कालीन एमाले सांसद खीमलाल भट्टराईले राजीनामा दिएपछि लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त भएको हो ।