२०८२ असार १९ बिहीवार | Thursday, Jul 03 2025

लेखक तथा निर्देशक एन बी अन्जानले हात पारे “ग्लोबल अवार्ड “

Untitled
Untitled
Untitled

काठमाडौं : एबिएम इन्डिया तथा नेपाल कल्चर एण्ड फिल्म सेन्टरले काठमाडौं ब्रिटिश कलेज थापाथलीमा आयोजित एक समारोहमा विभिन्न व्यक्तित्वलाई Global Excellence Award 2024  द्वारा सम्मान गरिएको छ । यो पुरस्कार समारोहले नेपालमा र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न पेशागत, सामाजिक, र सांस्कृतिक क्षेत्रमा योगदान दिने व्यक्तिहरूको पहिचान र सम्मान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजक संस्थाको भनाइ छ ।
नेपालबाट साहित्यकार, लेखक, निर्देशक नरेन्द्र भट्टराई “एन बी अन्जान” ले  Global Excellence Award 2024″ best contribution nepali film industry as a Writer/Director” को अवार्ड हात पारेका छन्  ।

बहुमुखी प्रतिभाशाली एन बी अन्जानले मरुभुमिको साहित्य यात्रा (गजल कृति), आहुति (गजल कृति), आधा इन्च (हाइकु कृति, एसियाकै सानो कृति), कोपिला (रुबाई महाकाब्य, नेपाली भाषाको पहिलो रुबाई महाकाब्य), मौसम (गजल कृति) प्रकाशन गरिसकेका छन् । त्यस्तै ‘आधीहुरी’ साहित्यिक पत्रिका, ‘अग्निसागर’ पत्रिका, ‘झिंल्को’ बुकलेट, ‘हाम्रो कोशेली’ बुकलेट, पाँचथर सौगात  भाग १, साहित्य संगालो, पाँचथर सौगात  भाग २, रुबाई विशेषांक, पाँचथर सौगात  भाग ३ नियात्रा विशेषांक, ‘राजेन्द्र परदेशी’ स्मृति ग्रन्थ  सम्पादन तथा प्रकाशन समेत गरेकाछन् । कर्तब्य नाटक लेखन /निर्देशन, प्रेमजाल नाटक लेखन / निर्देशन, ठुली नाटक लेखन /निर्देशन , नेपाली लघु चलचित्र ‘कामिनी’ लेखन, नेपाली कथानक चलचित्र ‘हिराबाबु’ लेखन, नेपाली कथानक चलचित्र ‘जे सुकै होस’ लेखन, नेपाली गीती चलचित्र ‘भाग्य’ पटकथा लेखन, नेपाली लघु चलचित्र ‘निर्मला’ लेखन /निर्देशन , नेपाली कथानक चलचित्र ‘फिक्का’ क्रीयटिभ निर्देशक, नेपाली कथानक चलचित्र ‘आरोही’ लेखन /निर्देशन, नेपाली कथानक चलचित्र ‘धन्दागिरी’ लेखन / निर्देशन
पाँचथर जिल्ला पर्यटन प्रबर्द्धन बिशेष गीत -शब्द/संगीत /गायन लगायत धेरै गीतहरु उनका बजारमा आएकाछन् ।
कला साहित्य गीत सङ्गीत चलचित्र क्षेत्र संगसंगै विभिन्न सामाजिक सङघ सस्थाको नेतृत्व गरेका एन बी अन्जान सामाजिक कार्यमा समेत अग्रसर रहेकाछन् । हाल उनी अनेसास पोर्चुगलको महासचिव समेत हुन् ।

Untitled
Untitled
Untitled