२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

क्षेत्रपाटी चिकित्सालयलाई चीन सरकारको विद्युतीय सवारी

Untitled
Untitled
Untitled

काठमाडौं । लामो समयदेखि जनताको सेवामा समर्पित रहँदै आएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई चीन सरकारले विद्युतीय सवारीसाधन निःशुल्क रूपमा उपलब्ध गराएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले शनिवार एक कार्यक्रमको आयोजना गरी उक्त सवारीसाधन हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रममा राजदूत सोङले नेपाल र चीनबीच लामो समयदेखि नागरिक स्तरमा रहेको सम्बन्धलाई अझै गाढा बनाउन यस्ताखाले सहयोगले मद्दत गर्ने बताउनुभयो ।

सो कार्यक्रम उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणलाई स्वच्छ राख्न विद्युतीय गाडीहरूले मद्दत गरिरहेकाले चीनको सहयोगप्रति सरकारको तर्फबाट धन्यवादसमेत दिनुभयो ।

गरिब तथा असहाय बिरामीको सेवामा समर्पित रहँदै आएको चिकित्सालयले सर्वसुलभ रूपमा सेवा दिँदै आएको जानकारी गराई चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले राजदूत सोडलाई एमआरआई मेसिन निःशुल्क रूपमा उपलब्ध गराइदिन अनुरोध गर्नुभएको थियो ।

२०१३ सालमा स्थापना भएको चिकित्सालयले हरेक वर्ष एक लाखको हाराहारीमा बिरामीलाई सेवा दिँदै आएको छ ।

Untitled
Untitled
Untitled