२०८२ असार १९ बिहीवार | Thursday, Jul 03 2025

नेपाल मानव धर्म सेवाको “रक्तदान महादान”

Untitled
Untitled
Untitled

काठमाडौ । नेपाल मानव धर्म सेवा समितिले विश्व रक्तदाता दिवसको अवसर पारेर “रक्तदान महादान, आत्माज्ञान् अति महान, सेवा गर्ने हाम्रो अभियान” भन्ने मुलनाराका साथमा बृहत रक्तदान कार्यक्रम – २०८१ आयोजना गर्ने भएको छ।

रक्तदान कार्यक्रम यहि असार १ गते कालिमाटी फलफुल तथा तरकारी थोक बजार स्थल नजिकै रहेको मोटरसाइकल पार्किङ स्थलमा बिहान ७ बजे देखि सुरुहुने जनाईएको छ।

स्थानीय समाजसेवी बिमल ढुंगानाको संयोजकत्वमा हुने उक्त कार्यक्रममा काठमाडौ महानगरपालिका वडा न. १३ का जनप्रतिनिधिहरु, फलफुल तथा तरकारी बजार संग सम्बन्धित सम्पुर्ण संघ संस्थाहरु, सहकारी संघ-संस्था, महानगरिय प्रहरी बृत कालिमाटी, फ्रेन्डसिप क्लब कालिमाटी लगायतका स्थानीय संघसंस्थहरुलाई समेत सहयोग र सहभागीताका लागि निमन्त्रणा गरिएको जानकारी दिइएको छ।

२०० जनाभन्दा बढी रक्तदाता सहभागी हुने अनुमान गरिएको रक्तदान कार्यक्रममा हिमाल अस्पताल कमलपोखरीको प्राविधिक सहयोग रहनेछ । रक्तदान गर्नुहुने सम्पुर्ण रक्तदाता हरुलाई समितिको तर्फबाट आभार सहित प्रमाणपत्र प्रदान गरिनेछ।

मानव धर्म सेवा समितिले रक्तदान जस्तो महान कार्यमा सहभागिताका लागि असार १ गते बिहान ७ बजेदेखि अपरान्ह १ बजेसम्म उपस्थित भइ रक्तदान कार्यक्रममा सहभागी हुन इच्छुक सबैलाई आव्हान गरेको छ ।

Untitled
Untitled
Untitled