२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

७ दिनभित्र भाडाका सटर खालि गराउन सामुदायिक विद्यालयलाई कामनपाको अल्टिमेटम

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू सात दिन भित्र खालि नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

सोमबार महानगरपालिकाले बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय लगायतका सामुदायिक विद्यालयहरूले भाडामा दिएका सटरहरू खालि गर्न निर्देशन दिएको हो ।

सात दिन भित्र व्यावसायिक प्रयोजनका सटरहरू खालि नगरे कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ ।

अनुगमनका क्रममा काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले काठमाडौँ महानगरका सामुदायिक विद्यालयहरूमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र भाडा लिने गरेको बताए ।

उहाँले महानगरभित्र ३७ वटा विद्यालयले सटर भाडामा दिएको बताए । सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र विद्यार्थीहरूलाई कक्षा कोठा साँघुरो भएकाले महानगरपालिकाले विद्यालयको स्थान विद्यार्थीहरूका लागि नै प्रयोजन गर्ने हेतु यो नीति लिएको जानकारी दिए ।

‘‘काठमाडौँ महानगरपालिकाको एउटा नीति छ, यो विद्यालयहरूमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र त्यो भाडा लिने जुन एउटा चलिरहेको छ, ३७ वटा स्कुलमा त्यस्तो देखिएको छ ।

अहिले महानगरको नीतिअनुसार त्यो भाडामा लगाएको सटरलाई खालि गर्ने र सामुदायिक विद्यालयमा विद्यार्थीको चाप एकदमै बढ्दो छ ।

शिक्षा अधिकृत ज्ञवालीले भने , ती कक्षाकोठामा विद्यार्थी खचाखच भएका छन् । उनीहरूको बसाई र खेल्ने ठाउँ व्यवस्थापनको लागि ३७ विद्यालयमा हिजोदेखि क्रमशः बन्द गर्दै हिँडेका छौँ ।

सात दिनको म्याद दिएका छौँ सामान सार्न । त्यो समयसम्म नसारे अर्को प्रक्रिया अघि बढ्छ ।

विद्यालयको सम्पत्ति बालबालिकाको अधिकतम हितमा प्रयोग हुनुपर्ने भएकाले सोहीअनुसार अघि बढेको हो ।’’

महानगरले आइतबारबाट यस अभियान अघि बढाएको हो । यो अभियानले साँघुरो भएको विद्यालयहरूलाई खेल स्थानको व्यवस्थापन र कक्षा कोठा बिस्तार गर्न सहयोग पुग्ने बताइएको छ ।

Untitled
Untitled
Untitled