२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

नौ महिनापछि त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण

Untitled
Untitled
Untitled

काठमाडौं त्रिवि शिक्षण अस्पतालमा नौ महिनापछि नवौँपटक कलेजोको प्रत्यारोपण सफल भएको छ। कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेश सिंह भण्डारीको नेतृत्वमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको हो।

यो पटक प्रत्यारोपण गरिएका बिरामी उपत्यका बाहिरका रहेका डा भण्डारीले जानकारी दिए। उनका अनुसार ५२ वर्षीय बुबालाई छोरा १९ वर्षीयले दायाँ कलेजोदान गरेका हुन्।

यो पटकको प्रत्यारोपणका लागि पनि डा. भण्डारीको टिमलाई भारतको फोर्टिस अस्पतालको कलेजो प्रत्यारोपण टिमले सहयोग गरेको थियो । यसअघि डा. भण्डारीकै नेतृत्वमा त्रिवि शिक्षण अस्पतालमा आठ बिरामीको कलेजो प्रत्यारोपण सफल भइसकेको छ।

कलेजोदान गरेका छोरा र प्रत्यारोपण गरिएका बाबु दुवैको अवस्था सुधारका क्रममा रहेको डाक्टर भण्डारीले जानकारी दिए। नेपालमा कलेजोका बिरामी धेरै भए पनि प्रत्यारोपण गर्न निकै कम आउने उनले बताए।

Untitled
Untitled
Untitled