२०८१ भदौ २४ सोमवार | Monday, Sep 09 2024

राजनीति हस्तक्षेप: कास्कुनको निर्वाचन माघ २१ गते हुने

Untitled
Untitled
Untitled

काठमाडौं बचत तथा ऋण सहकारी संघ लि (कास्कून) को निर्वाचन कार्यतालिका हेरफेर भएको छ । पुष ३० मा हुने भनिएको निर्वाचन माघ २१ गतेलाई सारिएको छ ।

आज बसेको बोर्ड बैठकले निर्वाचनको मिति माघ २१ गतेलाई सारेको हो । बोर्ड बैठकमा निर्वाचनको मिति सार्नुको कारण माग भएपनि चित्तबुझ्दो जवाफ नपाएको एक पदाधिकारीले सहकारीखबरलाई जानकारी दिए ।

हालको बोर्डमा एमाले समर्थ सहकारीकर्मीको बहुमत छ । सोही बहुमतको आधारमा निर्वाचन मिति सारिएको ति पदाधिकारीले बताए ।

उम्मेदवारीको क्रममा एमाले समर्थक सहकारीकर्मीको एउटा प्यानल र संयुक्त प्यानल बनेको थियो । एमाले निकट सहकारीकर्मीकै जोडबलमा निर्वाचन मिति सारिएको बुझिएको छ ।

निर्वाचन कार्यतालिका संशोधन गरेको सूचना कार्यालयमा ठाँस गरिएको छ । तर, सूचनामा पनि किन संशोधन गरिएको हो भन्ने जानकारी गराईएको छैन । सञ्चालक समितिको बैठकको निर्णयका आधारमा निर्वाचन कार्यतालिका संशोधन गरिएको निर्वाचन उपसमितिले जनाएको छ ।

निर्वाचनमा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राप्रपा निकट सहकारीकर्मीहरुको संयुक्त प्यानल र एमाले निकट सहकारीकर्मीहरुको प्यानल बीच प्रतिस्पर्धा हुने भएको थियो । एमाले निकटको प्यानल तुलनात्मक रुपमा कमजोर देखिएपछि निर्वाचनको मिति नै सारिएको आरोप लगाईएको छ ।

Untitled
Untitled
Untitled