२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने उन्मक्ति पार्टीको निर्णय

Untitled
Untitled
Untitled

धनगढी, सुदूरपश्चिम सरकारलाई विश्वासको मत प्राप्त गर्न मुस्किल परेको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मत नदिने निर्णय गरेपछि प्रदेश सरकार संकटमा परेको हो ।

सुदूरपश्चिम प्रदेशसभाको विश्वासको मत लिने प्रयोजनका लागि हुन लागेको निर्वाचनमा नाउपाले कसैलाई पनि मत नदिने निर्णय गरेको पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बताइन् ।

उनले जेलमा रहेका आफ्ना दलका नेतारकार्यकर्ता रिहा गर्नुपर्ने आफूहरूको माग पूरा नभएसम्म कुनै पनि दललाई पनि मत नदिने पार्टीका अध्यक्ष श्रेष्ठले बताइन् ।

प्रदेश सरकार गठनका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ । नाउपाको साथ नपाए प्रदेश सरकारले २७ सांसदको समर्थन जुटाउन सक्ने अवस्था छैन ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक प्रावधान छ ।

२७ माघमा रावल मुख्यमन्त्री नियुक्त भएको एक महिना पुग्दैछ । अन्य ६ वटै प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिए पनि मुख्यमन्त्री रावलले भने विश्वासको मत नपाउँदा अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले भोलि प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।

५३ सदस्यीय प्रदेश सभामा सत्ता पक्षीय एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका सात र राप्रापाका एक सदस्य छन् ।

विपक्षमा रहेका नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य छन् ।

Untitled
Untitled
Untitled