काठमाडौं, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बाट पहिलो चरणमा उपाध्यक्ष डा। वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन् ।
बुधबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले मन्त्रीका रूपमा भुसाल र ज्वालालाई पठाउने निर्णय गरेको हो ।
एकीकृत समाजवादीले ३ मन्त्रलायको दाबी छाडेको छैन । यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहालले भने २ मन्त्रालय लिएर सरकारमा आउन भनेका छन् ।
सोहीअनुसार एकीकृत समाजवादीले पहिलो चरणमा २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
भुसालले कृषि, शिक्षा र श्रममध्ये एक मन्त्रालय लिनेछन् भने ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्नेछन् । भुसाल राष्ट्रियसभा सदस्य हुन् भने ज्वाला प्रतिनिधिसभा सदस्य हुन् ।