२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

मन्त्रालय भागबन्डा मिलाउन १० दलको बैठक बस्दै

Untitled
Untitled
Untitled

काठमाडौ, मन्त्रालय भागबन्डामा सहमति जुटाउन आज (बुधबार) पनि सत्ता गठबन्धनको बैठक बस्दै छ।

हिजो (मंगलबार) बैठक बसे पनि बिनाष्किर्ष टुंगिएपछि सत्ता गठबन्धनका दलबीच पुनः आज पनि छलफल हुने भएको हो।

एक नेताका अनुसार बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास (बालुवटार) मै बस्नेछ। सत्तारुढ १० दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन्।

हिजोको छलफलका क्रममा कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३/३ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २ मन्त्रालयमा दाबी गरेका छन्।

यस्तै हिजोको बैठकमा सरकारको साझा न्यूनतम कार्यक्रम वितरण भएको अर्का एक नेताले जानकारी दिएका छन्। बैठकमा वितरित

कार्यक्रमबारे दलहरूले आन्तरिक छलफल गर्ने र आजको बैठकमा पुनः छलफल गरिने उनले बताएका छन्।

Untitled
Untitled
Untitled