२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

थ्री नेसन्स कप फुटबलमा नेपालसँग बराबरी खेलेपछि भुटान बाहिरियो

Untitled
Untitled
Untitled

काठमाडौं, प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले भुटानसँग बराबरी खेलेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको हो ।

खेलको १९ औँ मिनेटमा तेञ्जिङ नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । तर,नेपालका दीपकराज सिंह ठकुरीले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काए ।

यो खेलसँगै भुटान प्रतियोगिताबाट बाहिरिएको छ भने नेपाल फाइनलमा प्रवेश गरेको छ । अब फाइनलमा चैत १७ गते नेपाल लाओससँग भिड्नेछ ।

Untitled
Untitled
Untitled