२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

त्रिविमा अबदेखि मार्कसिट क्याम्पसबाटै लिन सकिने

Untitled
Untitled
Untitled

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको मार्कसीट सम्बन्धित क्याम्पसबाटै प्रिन्ट गर्ने व्यवस्था मिलाएको छ। अबदेखि मार्कसीट डिजिटल हस्ताक्षरसहित सम्बन्धित क्याम्पसबाट प्रिन्ट गरिने व्यवस्था मिलाएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रवाह गर्ने सेवालाई क्रमशः विकेन्द्रीकरण गर्दै लैजाने अवधारणा अनुरूप मार्कसीटहरू सम्बन्धित क्याम्पसबाटै प्रिन्ट गर्न सकिने व्यवस्था मिलाइएको हो। हाललाई २०८० सालमा सञ्चालित स्नातक तह चौथो वर्षका वार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षार्थीहरूको प्रकाशित नतिजाको मार्कसिट डिजिटल हस्ताक्षरसहित सम्बन्धित क्याम्पसबाट प्रिन्ट गरिने व्यवस्था मिलाएको छ।

परीक्षा नियन्त्रण कार्यालयले मंसिर १९ गतेदेखि सम्बन्धित क्याम्पसले आफ्नो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको मार्कसिट क्याम्पसलाई उपलब्ध गराइएको पोर्टलको रिजल्ट मेनु छनोट गरी मार्कसिट विकल्पमा गएर प्रिन्ट गर्न गरेर विद्यार्थीलाई उपलब्ध गराउन अनुरोध गरेको छ।

सम्बन्धित विद्यार्थीहरूले आफ्नो नतिजा सम्बन्धित क्याम्पसबाट पनि जानकारी लिन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

Untitled
Untitled
Untitled