२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एपोलो हाईड्रोपावरको पहिलो चरणअन्तर्गतको आईपीओ निष्कासन आजदेखि

Untitled
Untitled
Untitled

काठमाण्डू, एपोलो हाईड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले गत माघ २० गते १४ करोड १० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका १४ लाख १० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको थियो ।

जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ४ करोड ७० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ४ लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिनेछ ।

स्थानीय बासिन्दाका लागि छुट्टाइएको कुल सेयरमध्ये ५० प्रतिशत अर्थात ३ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गापा–७ र ८, ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला लिखुपिके गापा–२ र रामेछाप जिल्ला उमाकुण्ड गापा–३ र २० प्रतिशत अर्थात ९४ हजार कित्ता न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गापा–२ र गोकुलगंगा गापा–१ का स्थानिय बासिन्दाका लागि जारी गरिनेछ ।

बाँकी २० प्रतिशत अर्थात ९ करोड ४० लाख रुपैयाँबराबरको प्रतिसेयर अंकित मूल्य रु.१०० दरको ९ लाख ४० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि बिक्री गरिनेछ ।

यदि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि निष्काशन गरिएको सेयर सम्पूर्ण रूपमा बिक्री नभई बाँकी रहेमा बाँकी रहेको सेयर समेत सर्वसाधारणमा समायोजन गरि निष्काशन गरिने कम्पनीले जनाएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ४७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ९४ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा फागुन २५ गते र ढिलोमा चैत १० गते हनेछ ।

वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते हुनेछ ।

Untitled
Untitled
Untitled