२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एनआईसी एसिया बैकद्वारा दुर्घटना बीमाबापत १० लाख प्रदान

Untitled
Untitled
Untitled

बुटवल ।  एनआईसी एसिया बैंकद्वारा बुटवल उपमहानगरपालिका–१, बडीबजार रुपन्देहीकी रोमी के.सी.को परिवारलाई दुर्घटना बीमा बापत १० लाख हस्तान्तरण गरेको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एसिया बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएकी रोमी के.सी.को परिवारलाई दुर्घटना बीमा वापतको १० लाख उपलब्ध गराएको हो ।

रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका, वडा नम्बर १, बडीबजार घर भई बुटवल शाखा कार्यालयमा सर्वश्रेष्ठ बन्डल सहज बचत खाता खोलेकी मृतक के.सी.को खातामा उपलब्ध दुर्घटना बिमावापतको रकम निजको श्रीमान् वीरेन्द्रप्रसाद  श्रेष्ठलाई प्रदान गरिएको हो ।

बैंकका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्की र लुम्बिनी प्रदेश उपप्रादेशिक कार्यालय बुटवल प्रमुख अर्जनु सुवेदीले  १० लाखको चेक हस्तान्तरण गरेका हुन् । मृतक के.सी.का श्रीमान् वीरेन्द्र प्रसाद श्रेष्ठले यस शाखामा सर्वश्रेष्ठ बचत खाता खोली निजको श्रीमती मृतक के.सी.को नाममा खोलिएको सहज बन्डल खातामा उपलब्ध उक्त लाभ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा प्रदान गरिएको हो ।

Untitled
Untitled
Untitled