२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

यु-१९ एसिया कप : नेपाल बङ्गलादेशसँग भिड्दै

Untitled
Untitled
Untitled

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले बंगलादेशको सामना गर्दै छ।

खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुँदै छ। यसअघि, सुपर–४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलंकाले समान एक/एक अंक बाँडेका थिए। आजको खेल नेपालको लागि महत्वपूर्ण छ।

आजको खेलमा नेपालले बंगलादेशलाई पराजित गरेमा फाइनलको यात्रा तय गर्नेछ। नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो।

समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक/एक अंक बाँडेका थिए । तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो।

गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ वटा टोली सम्मिलित छन्। यसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन्।

पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन् । फाइनल खेल आगामी आइतबार हुनेछ।

Untitled
Untitled
Untitled