२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड आज,१० लाख आवेदकमध्ये ५५ हजार मात्रै भाग्यशाली बन्ने

Untitled
Untitled
Untitled

काठमाण्डौ, सर्वोत्तम सिमेन्टको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म निष्कासन गरेको आईपीओ बाँडफाँड आज गर्न लागेको हो ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ बाँडफाँड कार्यक्रम भोलि बिहान १० बजे क्यापिटलको प्रधान कार्यालयमा हुनेछ ।

मागभन्दा १९ गुणा बढी आवेदन परेका कारण यो आईपीओको बाँडफाँड गोलाप्रथाबाट गरिने क्यापिटलले जनाएको छ ।

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म बुक बिल्डिङ विधिबाट स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

यो आईपीओको मूल्य ३६०।९० रुपैयाँ निर्धारण गरिएको थियो ।

कम्पनीको आईपीओमा १० लाख १२ हजार ३८४ आवेदकबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँबराबरको ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । जुन मागभन्दा १९।३२ गुणा बढी हो ।

कम्पनीको आईपीओमा आवेदन दिने ९ लाख ५६ हजार ८६३ आवेदकको हात खाली हुने भएको छ ।

आवेदन दिएका मध्ये ५५ हजार ५२१ आवेदकको भागमा मात्रै ५० कित्ताका दरले आईपीओ पर्नेछ ।

Untitled
Untitled
Untitled