काठमाडौ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित नौवटा पसललाई कारबाही गरेको छ ।
विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार उपभोक्तासँग मनोमानी ढंगले रकम असुली गर्ने ती पसलहरूलाई कारबाही गरी १५ लाख जरिवाना तिराइएको छ ।
कारबाही पर्नेमा अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा रहेका एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्स, एबिपी मार्ट, ओम नवदुर्गा इन्टरप्राइजेज, न्यु कन्फेक्सनरी स्टोर, एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप, होटल स्वनिङ ९कफी एण्ड कन्फेक्सनरी०, पिडी इन्टरप्राइजेज र होटल स्वनिङ रहेका छन् ।
पसलमा उपभोक्ता खुद्रा मूल्यभन्दा बढी रकम असुल गरी बस्तु बिक्री गरिरहेका व्यावसायिक फर्मलाई उनीहरूले गरेको कसूरको मात्रा र गाम्भीर्यसमेतका आधारमा बजार अनुगमन टोलीले कूल १५ लाख जरिवाना गरेको हो ।
उक्त फर्महरुलाई उपभोक्ता हित संरक्षण प्रतिकूल हुनेगरी कुनै पनि काम कारबाही नगर्न नगराउन निर्देशन दिइएको छ ।