हिले, धनकुटा बहुमुखी क्याम्पसमा झडप हुँदा दुई विद्यार्थी घाइते भएका छन् । बिहीबार साँझ भएको झडपमा परी घाइते हुनेमा नेपाल विद्यार्थी सङ्घ धनकुटा बहुमुखी क्याम्पसका इकाई सभापति सुवास भण्डारी र सचिव युवराज कार्की रहेका छन् ।
घाइते मध्ये कार्कीलाई थप उपचारको लागि विराटनगर पठाइएको छ । भण्डारीको भने जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
के कारण र को को बिच झडप भएको हो भन्ने कुरो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कुँवरलेले जानकारी दिए ।
नेपाल विद्यार्थी सङ्घले भने कुटपिटमा संलग्नलाई कारबाहीको माग गरेको छ ।