२०८२ जेठ २ शुक्रवार | Friday, May 16 2025

कांग्रेस नेता भण्डारीको आज मुम्बईमा शल्यक्रिया गरिँदै, भण्डारीको अवस्था ‘स्थिर तर गम्भीर’

Untitled
Untitled
Untitled

काठमाडौं, ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीको शुक्रबार भारतमा शल्यक्रिया गरिने भएको छ ।

थप उपचारका लागि बिहीबार मुम्बईको नेशनल बर्न सेन्टर पुर्‍याईएका भण्डारीको शुक्रबार बिहान १० बजे र दिउँसो २ बजे दुईवटा शल्यक्रिया गरिने छ ।

किर्तीपुर अस्पतालमा उपचारपछि भण्डारीलाई बिहीबार श्री एयरलाइन्सको विमानमार्फत थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बई लगिएको हो ।
कीर्तिपुर अस्पतालले भण्डारीलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएपछि उहाँलाई मुम्बई लगिएको हो ।

भण्डारीले नेपालमै उपचार गर्ने चाहना राखेपनि स्वास्थ्यमन्त्री पदम गिरीले चिकित्सकहरुसँगको सल्लाह गरेपछि भण्डारी भारत जान तयार भएका थिए ।

नेता भण्डारीको शरीर ३० प्रतिशत जलेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनका दुवै हात गोडा र अनुहारमा जलन भएको छ ।

तातो धुवाँका कारणले श्वास नलीमा पनि जलन भएको हुनसक्ने चिकित्सकद्वय डा. किरण नकर्मी र डा. निजिना ताम्राकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो अवस्थामा सुविधासम्पन्न अस्पतालमा उपचार गर्नु राम्रो हुने सुझाव चिकित्सकले दिएका थिए । उपचारका क्रममा भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै निधन भएको छ ।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र आमा हरिकला घाइते भएकी थिइन् ।

Untitled
Untitled
Untitled