२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुनको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Untitled
Untitled
Untitled

काठमाण्डू, स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बुधबारको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज एक तोला सुनको मूल्य २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने एक तोला सुनको मूल्य ३ लाख ५ सय रुपैयाँ कायम थियो ।

आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ६० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले सस्तिदै प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार हुँदैछ ।

Untitled
Untitled
Untitled