२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुनको मूल्य आजपनि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Untitled
Untitled
Untitled

काठमाण्डू, स्थानीय बजारमा सुनको मूल्य आजपनि बढेको छ । अघिल्लो दिन २७ सय रुपैयाँले बढेको सुनको भाउ आजपनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ ।

यससँगै सुनको कारोबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने एक तोला सुनको भाउ २ लाख ९९ हजार २ सय रुपैयाँ कायम थियो ।

यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६३० रुपैयाँ पुगेको छ ।

यसैगरी आज चाँदी पनि बढेको छ । चाँदीको भाउ आज ९० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ४५ रुपैयाँ कायम भएको छ ।

Untitled
Untitled
Untitled