२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

रोशी खोलामा आएको बाढीले बिगारेको डाइभर्सन बन्न नसक्दा बीपी राजमार्ग सकेन अझै संचालनमा आउन

Untitled
Untitled
Untitled

काभ्रेपलाञ्चोक, गत शनिबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।

१२ गते शनिबार रोशी खोलामा आएको बाढीले बिगारेको डाइभर्सन आइतबार प्रायः स्थानमा बनीसकेको भएपनि पुनः १३ गते आइतबार साँझको पानीले बनेका डाइभर्सन बगाएको थियो ।

राजमार्गको चिउरीबास, नार्के र चार सय बेशीमा आइतबार बनेको डाइभर्सन बगाएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी खोलाले बगाएका १३ स्थानका डाइभर्सनमध्ये ८ स्थानको डाइभर्सन निर्माण भएपनि आइतबार साँझको पानीले बिगारेको जानकारी दिए ।

पुनः आज (सोमबार) बिहानदेखि डाइभर्सन बनाउन शुरु भएको कार्कीको भनाइ छ ।

शनिबार रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको थियो भने सिन्धुलीतर्फ आँपघारी र नेपालथोकमा डाइभर्सन बगाएको थियो ।

प्रहरीका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले मौसममा सुधार आए क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याउने तयारी छ ।

 

Untitled
Untitled
Untitled