२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सर्वसाधारणले सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन दिन सक्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा आजदेखि खरिद आवेदन दिन सकिने भएको छ ।

कम्पनीले आम सर्वसाधारणका लागि आजदेखि ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत फागुन १७ गते अनुमति पाएको थियो ।

सो मध्येबाट कम्पनी २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र १ लाख ७१ हजार ६०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी राखी बाँकी सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द भने वैशाख ८ गते हुनेछ । सर्वसाधारणले यो आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Untitled
Untitled
Untitled