२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

जीवन विकास, युनिक र मानुषी लघुवित्तबीच मर्जर सम्झौता

Untitled
Untitled
Untitled

काठमाण्डू, मोरङस्थित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँकेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोकको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर प्रक्रिया अघि बढेको छ ।

मर्जरपश्चात् ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’कै नामबाट एकीकृत संस्था सञ्चालन हुनेछ भने यसको केन्द्रीय कार्यालय मोरङको कटहरीमा रहनेछ।

हालका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले नै एकीकृत संस्थाको नेतृत्व गर्नेछन् ।

जीवन विकासको १ अर्ब ७५ करोडभन्दा बढी चुक्तापूँजीसँगै युनिक नेपाल र मानुषीको पूँजी जोडिँदा संस्थाको वित्तीय आधार अझ मजबुत बन्ने देखिएको छ।

यसले कर्जा विस्तार, जोखिम व्यवस्थापन र सेवा विविधीकरणमा सकारात्मक प्रभाव पार्ने विश्लेषण गरिएको छ।

हाल तीन संस्थाले मिलेर झण्डै ५ लाख सदस्यलाई सेवा दिइरहेका छन्। मर्जरपछि सेवा पहुँच, शाखा सञ्जाल र डिजिटल वित्तीय सेवामा उल्लेखनीय विस्तार हुने अपेक्षा गरिएको छ ।

मर्जर प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउन ६ सदस्यीय संयुक्त समिति गठन गरिएको छ।

समितिले नियामकीय स्वीकृति, सम्पत्ति तथा दायित्व मूल्यांकन लगायतका कार्य तीव्र पार्ने जनाएको छ।

योजना अनुसार २०८३ असार मसान्तभित्र मर्जर सम्पन्न गरी एकीकृत कारोबार सुरु गरिनेछ।

Untitled
Untitled
Untitled