२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

राप्रपा लिङ्देनलाई अध्यक्ष छाड्न पार्टीभित्रै दबाब, राणाको नेतृत्वमा छुट्टै भेला

Untitled
Untitled
Untitled

काठमाण्डू, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पद छाड्न दबाब बढेको छ ।

फागुन २१ को निर्वाचनमा पार्टी नराम्ररी पराजित भएको निष्कर्षसहित लिङ्देनमाथि नेतृत्व छाड्न दबाब बढेको हो ।

आइतबार काठमाडौंमा महामन्त्री डा। धवलशमशेर राणाको नेतृत्वमा बसेको बैठकले लिङ्देनलाई मार्गप्रशस्त गर्न समेत आग्रह गरेको छ ।

‘‘सच्चिने कि सकिने भन्ने गम्भीर अवस्थाबिच, केन्द्रीय महाधिवेशनबाट ताजा जनादेश प्राप्त गर्नुबाहेक उत्तम विकल्प राप्रपासँग छैन ।

केन्द्रीय कार्यसमितिको नियमित चार वर्षे कार्यकाल सम्पन्न भएर पार्टी हाल अरिरिक्त अवधिमा छ ।

पार्टीले म्याद थप गर्ने निर्णय हुँदा २०८३ जेठभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय जगजाहेर छ,’ लिङ्देनलाई पठाइएको पत्रमा भनिएको छ ।

त्यसो त पार्टीलाई थप सशक्त बनाउन तीन विकल्प अघि सारिएको छ ।

महाधिवेशन गर्नका लागि निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने, केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्नेदेखि यसअघि भएका विभिन्न काम कारबाहीको न्यायसंगत छानबिन गरी आगामी महाधिवेशनमा निष्कर्ष पेश गर्न छानबिन समिति गठन गर्ने लगायतका ३ माग अघि सारिएको छ ।

Untitled
Untitled
Untitled