२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Untitled
Untitled
Untitled

काठमाण्डू, कालंगा हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

कम्पनीले धितोपत्र बार्डबाट १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर प्रतिकित्ता १०० रुपैयाँका दरले ४९ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

जसमध्ये १४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।

स्थानीयका लागि छुट्याइएकोमध्ये ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्र बझाङ्ग जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं. ६ र ८, बुंगल नगरपालिकाको वडा नं. ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. १ र २ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दाहरूलाई छुठ्टाइएको छ ।

बाँकी ४ लाख ९० हजार कित्ता बझाङ्ग, जिल्लाको केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको अतिप्रभावित क्षेत्रमा नपरेका सम्पूर्ण वडाहरूका स्थायी बासिन्दाका लागि छुट्याइएको छ ।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसहित आयोजनास्थल कार्यालय र तोकिएका विभिन्न बैंक शाखाबाट आवेदन दिन सक्नेछन् ।

Untitled
Untitled
Untitled