२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

शिखर पावरले फागुन १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि फागुन १७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।

निष्कासनमध्ये १ लाख ११ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४४ हजार ४०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ।

साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

यो आईपीओ छिटोमा फागुन २२ गते र ढिलोमा चैत १ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले गत पुस १६ गते ३२ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

उक्त स्वीकृतिअनुसार कम्पनीले पहिलो चरणमा गत माघ ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गरिसकेको छ।

दोस्रो चरणअन्तर्गत अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागिएको हो।

Untitled
Untitled
Untitled