२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुनको मूल्यमा लगातार चौथो दिन पनि नयाँ रेकर्ड

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ९ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यो मूल्य हाल सम्मको उच्च हो ।

त्यस्तै आज चाँदीले पनि नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार आज चाँदी तोला १६५ रुपैयाँले वृद्धि भएर ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Untitled
Untitled
Untitled