२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

साताको तेश्रो दिन नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६ विन्दूमा

Untitled
Untitled
Untitled
काठमाण्डू, मंगलबार सेयर बजारको परिसूचकसँगै सबै समूहगत सूचक बढेका छन् । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से १५.७० अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५६६ मा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ३ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ४ अर्ब १० करोडको भयो । २०७ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन सबै समूहका सूचक बढेका छन् । बैंकिङ ०.३१, विकास बैंक १.२५, फाइनान्स ०.८९, होटल तथा पर्यटन १.२८, जलविद्युत् ०.९३, लगानी १.०३, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.८४, अन्य ०.५३ तथा व्यापार ०.०९ प्रतिशत बढे । पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत मूल्य बढेका कम्पनीमा सागर डिस्टिलरी, माबिलुङ इनर्जी, बुंगल हाइड्रोपावर, झापा इनर्जी र बन्दीपुर केबुलकार छन् । यी सबै कम्पनी हालै सूचीकृत भएका नयाँ हुन् ।
Untitled
Untitled
Untitled