२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

भारतको केरला पहिरोमा परेर मृत्यु हुनेको संख्या ११९ पुग्यो, ९८ बेपत्ता

Untitled
Untitled
Untitled

एजेन्सी, भारतीय राज्य केरलाको वायनाडमा भारी वर्षाका कारण मंगलबार बिहान विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १०० नाघेको छ।

भारतीय पत्रिका दैनिक भास्करले मंगलबार साँझ जनाएअनुसार पहिरोका कारण हालसम्म ११९ जनाको मृत्यु भइसकेको छ।

मंगलबार बिहान २ बजेदेखि ६ बजेसम्म वायनाडका ४ स्थानमा गएको पहिरोमा परी चार गाउँ बगेका छन्।

केरला पहिरो। तस्बिर : दैनिक भास्कर।

मुण्डक्काई, चुरामाला, अट्टामाला र नुलपुजामा घर, पुल, सडक र सवारीसाधन समेत बगेका छन्।

पहिरोमा परी ९८ जनाभन्दा बढी बेपत्ता छन् भने घाइते भएका ११६ जनालाई अस्पताल भर्ना गरिएको छ।

उद्धारका लागि सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफका टोली खटिएका छन्।

यो विपत्तिपछि केरला सरकारले राज्यमा दुई दिने राजकीय शोक घोषणा गरेको छ।

 

Untitled
Untitled
Untitled