२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

काठमाडौं उपत्यकाका नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन अनुरोध

Untitled
Untitled
Untitled

काठमाण्डू, उपत्यकाका नदीहरूमा जलसतह बढेको छ ।

गएरातिको भारी वर्षाका कारण बागमती र यसका सहायक नदी हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत नदी जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको हो ।

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्ती डुबानमा पर्नसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहन विभागले अनुरोध गरेको छ ।

काठमाडौंको धोबीखोला, चाबहित र वाग्मती गौरीघाट जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ ।

यस्तै, भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ ।

ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ ।

ती क्षेत्रमा रहनेलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको अनुरोध छ ।

Untitled
Untitled
Untitled