एजेन्सी, आइसीसी टी २० को सुपर ८ को खेलमा अफगानिस्तानले ऐतिहासि जीत दर्ता गराएको छ ।
बलियो टोली अष्ट्रेलियामाथि अफगानिस्तानले २१ रनको जीत हात पारेको हो ।

बिहान भएको सुपर ८ को खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले हराउन सफल भयो ।
अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अष्ट्रेलियाले १९दशमलव २ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो ।

जीतसँगै अफगानिस्तानले सेमिफाइनलमा पुग्ने आशा बढाएको छ । योसँगै अफगानिस्तान र अष्ट्रेलियाको समान २–२ अंक भएको छ।
यो समूहबाट भारत सेमिफाइनलमा प्रवेश गरेको छ। समूह १ मा भारत ४ अंकका साथ शीर्ष स्थानमा छ ।

अष्ट्रेलियाले भोलि भारतसँग खेल्नेछ भने। अफगानिस्तानले पर्सी बंगलादेशसँग खेल्नेछ।



































