२०८३ असार १ सोमवार | Monday, Jun 15 2026

नेपाल पत्रकार महासंघको चुनाव असार २२ मा हुने

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गते हुने भएको छ ।

महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार राति सार्वजनिक गरेको कार्य तालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ ।

सूचना निकाल्न साथ महासंघले हिजै मतदाता नामावली प्रकाशन गरी मतदाता नामावलीमा दाबी विरोध गर्न १० गते बिहान १० बजे सम्मको समयावधि तोकेको छ ।

अन्तिम नामावली भने १२ गते अपरान्ह ४ बजे प्रकाशन गरिने जनाएको छ ।

यस्तै, उम्मेदवारको मनोनयन दर्ता नामावली प्रकाशन असार १३ गते गरिने महासंघले जनाएको छ। उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ ।

यसअघि जेठ २६ गते हुने भनिएको चुनाव मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण रोकिएको थियो ।

Untitled
Untitled
Untitled