२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

हैदरावादलाई हराउँदै कोलकाताले जित्यो आईपीएल क्रिकेटको उपाधि

Untitled
Untitled
Untitled

एजेन्सी, कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधि जितेको छ।

आइतबार राति सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाताले उपाधि जितेको हो ।

कोलकाताले १० वर्षपछि आईपीएलको उपाधि जित्यो । उसका लागि यो तेस्रो उपाधि हो । पछिल्लोपटक कोलकाताले सन् २०१४ को उपाधि जितेको थियो ।

११४ रनको सामान्य लक्ष्य कोलकाताले १०।३ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो । वैंकटेश अय्यैरले अविजित ५२ रन बनाए ।

सुरुवातदेखि नै एकतर्फी देखिएको फाइनलमा हैदरावादले कुनै चुनौती दिन सकेन ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदरावाद ९ बल अगाडि ११३ रन बनाउँदा अलआउट भएको थियो ।

Untitled
Untitled
Untitled