२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

चितवनमा ४ वटा सवारी साधन एकैपटक ठोक्किए, एक युवकको मृत्यु

Untitled
Untitled
Untitled

काठमाडौं, नारायणगढ–मुग्लिङ सडक खण्डस्थित चितवनको सत्र किलोमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

गएराति चारवटा सवारी साधन एकैठाउँमा ठोक्किएका थिए । दुर्घटनामा अन्य २३ जना घाइते भएका छन् ।

घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

काठमाडौँबाट प्युठान जाँदै गरेको बस, नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेकोे ट्रक, काठमाडौँबाट महोत्तरीको बर्दिवासतर्फ जाँदै गरेको बस र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बस एकै ठाउँमा ठोक्किएका थिए ।

काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बस र ट्रक सुरुमा ठोक्किएपछि अन्य सवारी साधनहरु पनि त्यहीँ ठोक्किएका थिए ।

दुर्घटनामा ज्यान गुमाउने युवकको परिचय खुलेको छैन । दुर्घटनामा गम्भीर घाइते युवकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

चारवटै सवारी साधनका चालक पनि घाइते भएका छन् । घाइतेहरुको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Untitled
Untitled
Untitled