२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

इजरायलको हवाई हमलाका कारण शरणार्थी शिविरमा रहेका ५० प्यालेस्टेनीको मृत्यु, मारिनेमा अधिकांश महिला र बालबालिका

Untitled
Untitled
Untitled

एजेँन्सी, इजरायलले हमासमाथि अहिलेसम्मकै सबै भन्दा लामो दूरीको हवाई हमला गरेको छ ।

इजरायली हमलाका कारण गाजाको रफाह नजिकैको शरणार्थी शिविरमा रहेका ५० प्यालेस्टेनीको मृत्यु भएको छ ।

अन्य दर्जनौं घाइते भएका छन् । विस्थापित प्यालेस्टिनीले शरण लिदै आएको रफाहको उत्तर–पश्चिममा रहेको शिविरमा इजरायलले आक्रमण गरेको हमासले बताएको छ ।

ज्यान गुमाउने अधिकांश महिला र बालबालिका छन् । संयुक्त राष्ट्रसंघका अनुसार रफाहबाट ८ लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भएका छन् ।

गत अक्टोबर यता भएको इजरायली हमलाका कारण अहिलेसम्म करिब ३६ हजार प्यालेस्टेनी नागरिकले ज्यान गुमाइसकेका छन् ।

हमासले रफाहबाट तेल अबिवतर्फ आठ वटा रकेट प्रहार गरेको थियो ।

Untitled
Untitled
Untitled