२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

एसीसी प्रिमियर कप २०२४ को दोस्रो खेलमा आज कतारसँग खेल्दै

Untitled
Untitled
Untitled

काठमाडौं, नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा आफ्नो दोस्रो खेलमा आज कतारसँग खेल्दैछ ।

खेल दिउँसो ४ः१५ मा अल अमरेत क्रिकेट मैदान-१ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो ।

कतार पहिलो खेलमा हङकङले दिएको २०२ रनको लक्ष्य पछ्याउनेक्रममा २६ रनले पराजित भएको थियो ।

नेपालले मलेसियाले दिएको १४४ रनको लक्ष्य १९.२ ओभरमा पूरा गरेको थियो ।

नेपाली ब्याटरलाई आजको खेलमा आक्रामक क्रिकेट खेल्न आवश्यक देखिन्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् ।

उनको अलराउन्ड प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । आजको खेलमा नेपालले टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ ।

उता कतारका कप्तान मोहम्मद तनवीर प्रमुख हतियार हुन् । उच्च लयमा रहेका तनवीरको विकेट समयमै लिन आवश्यक देखिन्छ ।

कतारको शीर्षक्रम ब्याटिङ मजबुत छ । नेपाल र कतारबीच हालसम्म एक मात्रै टी-२० आई खेल भएको छ ।

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल २०१९ मा नेपालले दिएको १२३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

१० टोली सहभागी यस प्रतियोगिता विजेताले टी-२० एसिया कप खेल्न पाउनेछ ।

Untitled
Untitled
Untitled