एजेन्सी, आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्ट्सलाई ६ विकेटले पराजित गरेको छ ।
लखनउले दिएको १६८ रनको लक्ष्य पच्छ्याएको दिल्लीले १८ दबलमव १ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
दिल्लीको जीतमा जाक फ्रासर म्याकग्रुकले सर्बाधिक ५५ रन बनाएका थिए भने कप्तान ऋषव पन्तले ४१ तथा पृथ्वी शाले ३२ रन बनाएका थिए । लखनउका बलर रवि विश्नोईले २ विकेट लिए ।
त्यअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले आयुष बदानीको ५५ र कप्तान केएल राहुलको ३९ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको थियो ।
दिल्लीको यस सिजनमा यो दोस्रो जित हो । प्रतियोगितामा आज राजस्थान रोयल्यस र पञ्जाव किङ्स भिड्नेछन् ।


































