२०८३ असार २१ आइतवार | Sunday, Jul 05 2026

गृहयुद्धमा फसेको सुडानमा भोकमरी र बलात्कारको डरलाग्दो विवरण सार्वजनिक

Untitled
Untitled
Untitled

एजेन्सी, सुडानको गृहयुद्धको चपेटामा परेकाहरुले बलात्कार, जातीय हिंसा र मृत्युहुनेको कहाली लाग्दो यथार्थ सुनाएका छन् ।

बीबीसीसँग उनीहरुले शारिरिक यातना र यौन हिंसाका घटनाहरु उजागर गरेका हुन् ।

गृहयुद्धबाट बाच्न सफल भएका सर्वसाधारणले हत्या र बलात्कारको पीडा मात्रै भोगेका छैनन् भोकमरीको पीडादायी रात बिताउनु परेको बीबीसीले जनाएको छ ।

एक वर्षदेखि सेना र आरएसएफ ( र्यापिड सपोर्ट फोर्स ) बीच राजधानी खार्तुमसहितका सहरहरुमा भिडन्त गरिरहेका छन् ।

अफ्रिकी र अरब समुदायहरू बीचको हिंसाका कारण सुडान वर्षौंदेखि अशान्ति र हिंसामा छ । आरएसएफ का लडाकुले महिलाहरुलाई बलात्कार गर्ने गरेको पीडितले बयान दिएका छन् ।

राजधानी खार्तुम नजिकैको लडाइँलाई छल्दै बीबीसी संवाददाता पीडितसमक्ष पुगेका थिए । राष्ट्रसंघले पछिल्लो द्वन्द्वका कारण सुडान इतिहासमै सबैभन्दा ठूलो संकटमा फसेको टिप्पणी गरेको छ ।

२० वर्षअघि अमेरिकाले डार्फरमा गरेको नरसंहारको पुनरावृत्ति देखा पर्न थालेको बताइएको छ ।

गृहयुद्धका कारण अहिलेसम्म १४ हजार भन्दा बढीको ज्यान गएको बताइए पनि यो संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ ।

Untitled
Untitled
Untitled