२०८३ असार २१ आइतवार | Sunday, Jul 05 2026

कोशी, मधेस, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

Untitled
Untitled
Untitled

काठमाडौं, आज बिहान देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।

कोशी, मधेस प्रदेशका थोरै स्थानमा भने चट्याङसहित छिटपुटदेखि हल्का वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, मधेस र बागमती प्रदेशको थोरै स्थान तथा पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

 

Untitled
Untitled
Untitled