२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

विश्वसामु नेपालीको अलग्गै पहिचान छ : सभामुख घिमिरे

Untitled
Untitled
Untitled

काठमाडौ, सभामुख देवराज घिमिरेले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताएका छन् ।

नेपालको सुदूरपश्चिम प्रदेशमा विशेषरूपमा मनाइने धार्मिक सांस्कृतिक महत्त्वको गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं आरोग्यताको शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् ।

‘संस्कार र संस्कृति फरक भएकाले हामी नेपालीहरू विश्वसामु फरकरूपमा प्रस्तुत भइरहेका छौँ, संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन्, विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, भेषभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन्,’ सभामुख घिमिरेले भनेका छन् ।

उनले गौरा पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता, सद्भाव कायम होस् भन्ने कामनासमेत व्यक्त गरेका छन् ।

गौरा सुदूरपश्चिमको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । गौरा पर्व सुदूरपश्चिममा भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म परापूर्वकालदेखि नै मनाउँदै आएको विश्वास गरिएको छ ।

पार्वतीले कठोर तपस्याका बाबजुत शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथनअनुसार यस पर्वमा विशेष गरी गौरी अर्थात् पार्वतीको पूजाअर्चना गरिन्छ ।

गौरापर्वले मानिसमा धार्मिक आस्था र आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने विश्वास गरिन्छ । यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख शान्ति प्राप्त हुने र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।

Untitled
Untitled
Untitled