२०८३ असार १ सोमवार | Monday, Jun 15 2026

लुम्बिनीमा आज नयाँ सरकार गठन हुँदै, कांग्रेस नेता चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै

Untitled
Untitled
Untitled

घोराही, लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले आज मुख्यमन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्दै छन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आज अपराह्न ४ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार आह्वान गरेका थिए।

त्यसैअनुसार सोही समयभित्र चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सीनाले जानकारी दिए। ८ दलीय गठबन्धनमा रहेका ५३ संसादको हस्ताक्षरसहित आज प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरिने तिमिल्सीनाले बताए।

दाबी पेस भएपछि सम्भवतस् आजै चौधरी मुख्यमन्त्रीमा नियुक्त हुने छन्। सरकारमा दाबी पेस गर्ने तयारीस्वरुप हिजो भैरहवामा कांग्रेस, माओवादी केन्द्र लगायत ८ दलबीच छलफल भएको थियो।

कांग्रेस नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउने निर्णय ८ दलले यसअघि नै गरिसकेका छन्। गत चैत १२ गते माओवादी केन्द्रसहितका दलहरूले नेकपा एमालेका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता लिएका थिए।

गत सोमबार मुख्यमन्त्री गिरी विश्वासको मत पाउन असफल भएपछि लुम्बिनीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।

 

Untitled
Untitled
Untitled