२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

आईसीसी विश्व कप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले पीएनजीसँग खेल्दै

Untitled
Untitled
Untitled

काठमाडौं, आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज सोमबार पपुवा न्युगिनी पीएनजीसँग खेल्दैछ ।

खेल विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । आइतबार यूएईलाई हराएर ४ वर्षको लागि एकदिवसीय मान्यता पक्का गरेको नेपालले अब २ खेल जितेमा सिधै विश्वकप क्वालिफायर खेल्नेछ ।

नेपालले सन् २०१८ मार्च १५ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो । नेपाल ३४ खेलमा ३६ अङ्कसहित लिग–२ तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

एकदिवसीय मान्यता कायम गर्न तालिकाको शीर्ष पाँचमा अट्नुपर्ने हुन्छ । नेपालसँगको हारसँगै यूएईले एकदिवसीय मान्यता कायम राख्न प्लेअफ क्वालिफार खेल्नुपर्नेछ ।

३४ खेलमा ३१ अङ्क भएको यूएई तालिकाको छैटौँ स्थानमा छ । पाँचौँ स्थानमा रहेको अमेरिकाको ३६ खेलमा ३५ अङ्क छ । नामिबिया ३६ खेलमा ३९ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

लिग–२ बाट स्कटल्यान्ड ३६ खेलमा ५० अङ्क र ओमान ३६ खेलमा ४४ अङ्कसहित क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै सोझै विश्व कप खेल्नका लागि छनोट भइसकेका छन् ।

Untitled
Untitled
Untitled