२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

१९९४ पछि पहिलो पटक नकआउट चरणमा नर्वे, सेनेगलमाथि ३–२ को रोमाञ्चक जीत

Untitled
Untitled
Untitled

एजेन्सी, फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’को महत्वपूर्ण खेलमा नर्वेले सेनेगललाई ३–२ ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

यो उपलब्धिसँगै नर्वे सन् १९९४ पछि पहिलो पटक विश्वकपको समूह चरण पार गर्न सफल भएको हो।

खेलको पहिलो हाफ तुलनात्मक रूपमा सन्तुलित र सावधानीपूर्ण रह्यो। तर, ४३औँ मिनेटमा एम. पेडर्सनले गोल गर्दै नर्वेलाई अग्रता दिलाए।

दोस्रो हाफ शुरु भएको तीन मिनेटमै स्टार स्ट्राइकर अर्लिङ हालान्डले गोल थपेपछि नर्वे २–० ले अघि बढ्यो।

सेनेगलले ५३औँ मिनेटमा आई। सारको गोलमार्फत खेलमा फर्कने संकेत देखाए पनि हालान्डले ५८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको अग्रता पुनः दुई गोलमा पुर्‍याए।

इन्जुरी समयको तेस्रो मिनेटमा सारले दोस्रो गोल गरेपनि सेनेगल हार टार्न सफल भएन।

जितसँगै नर्वेले अन्तिम ३२ मा स्थान पक्का गरेको छ भने समूहको शीर्ष स्थानका लागि अब फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

उता लगातार दोस्रो हार बेहोरेको सेनेगल भने प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ।

नकआउट चरणको सम्भावना जीवित राख्न उसलाई अन्तिम खेलमा इराकविरुद्ध ठूलो अन्तरको जित आवश्यक पर्नेछ।

Untitled
Untitled
Untitled